अर्थ कला साहित्य खेलकुद फिचर ब्लग मोफसल राजनीति विचार विश्व समाज संवाद

अब रोजगारीका लागि भारत जान पनि अनुमति पत्र लिनु पर्ने

११ माघ, काठमाडौं । रोजगारीका लागि भारत जान पनि अब सरकारसँग अनुमति लिनु पर्ने भएको छ । साथै बैदेशिक रोजगारीमा जानेहरूको बीमामा ५ लाखको घातक रोग बीमा थपिएको छ ।

मंगलबार परराष्ट्रमन्त्री प्रकाशशरण महत र श्रममन्त्री सूर्यमान गुरूङलाई सँगै राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतलाई बैदेशिक रोजगारीमा राख्दै नयाँ व्यवस्था घोषणा गरेका हुन् ।

अहिले पनि भारतमा लाखौं नेपाली रोजगारीमा जान्छन् । तर, बैदेशिक रोजगारीमा परेका थिएनन् । अब भने भारतमा गएर काम गर्ने नेपालीहरुलाई बैदेशिक रोजगारीको मान्यता दिने प्रधानमन्त्रीले बताए ।