मोफसल

आइतवार देशभर सार्वजनिक बिदा


पाँचथर : आइतवार देशभर सार्वजनिक बिदा हुने भएको छ । चिनियाँ राष्ट्रपतिको राजकीय भ्रमणका सन्दर्भमा नेपालमा सार्वजनिक विदा दिइएको हो । आज संघीय सरकार मातहतको गृह मन्त्रालयले सूचना प्रकाशित गर्दै विदाको जानकारी गराएको हो । उक्त दिन संघ प्रदेश र स्थानीय तह सवै क्षेत्रमा सार्वजनिक बिदा हुने वताइएको छ । चिनिया राष्ट्रपति सि जिन पिङ राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा शनिवार नेपाल आइपुग्ने कार्यक्रम छ ।