समाज

बस दुर्घटना हुँदा १० जनाको मृत्यु, ४० जना घाइते बढी घाइते

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ४० जना घाइते  बढी घाइते भएका छन्

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा बिहान ९ः५५ बजे दुर्घटना भएको हो ।

मृत्यु भएकाहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा पुर्याउने काम भइरहेको सशस्त्र प्रहरी निरिक्षक नारायण उप्रतीले नेजानकारी दिनुभएको छ ।

दुर्घटनाग्रस्त बस सडकबाट अन्दाजी ६० मिटर तल खसेको छ । बस दुर्घटनाको कारण खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।