फिचर

पाँचथरमा अर्को काण्ड : मदिरा पिएर छुरा हानाहान गर्दा पाहुनाको ज्यान गयो

पाँचथर : पाँचथरको याङवरक गाउपालिका–६ खाल्डेमा छुरा हानाहान हुँदा एक जनाको ज्यान गएको छ । आज मध्यान्ह मदिरा सेवन पछि झगडा हुँदा ताप्लेजुङको सिदिङमा गाँउ पालिका निवासी ४० वर्षीय अर्जुन मावोको ज्यान गएको हो ।उनलाई आफ्रनै भदा सालो नाताका आइतवहादुर योङहाङले छुरा प्रहार गरेका थिए ।
मृतक याङवरक ६ खाल्डेका मोहनसिँ योङहाङका ज्वाँई हुन् । उनी ससुराली घरमा घर ज्वाँई आएको वताइएको छ ।
बिहान दुई जना विच घरको आँगनमा गफगाफ गरेर वसिरहेको वखत विवाद हुँदा मावोलाई छुरा प्रहार गरेका थिए । उनीहरुले मदिरा सेवन गरेर भनाभन हुँदा घट्ना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको पाँचथरका प्रहरी नायव उपरिक्ष्क सिद्धराज न्यौपानेले जानकारी दिनुभयो । घट्नापछि नेउपाने नेतृत्वको प्रहरी टोली त्यसतर्फ प्रश्थान गरेको छ ।
छुरा प्रहार गर्ने योङहाङ हत्या गरिएका मावोका फुपाजु हुन् ।
योङहाङले मावोलाई दाहिने पेटमा छुरा प्रहार गरेको वताइएको छ । छुरा प्रहार गर्ने योङहाङलाई प्रहरीले पक्राउ गरेको वताइएको छ ।

रेडियो मितेरी Live

नेपाल