मोफसल

पाँचथरबाट तेह्रथुम पुगेर बालिका बलात्कार गर्न खोज्ने युवक पक्राऊ

पाँचचथर : तेह्रथुममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । परिवारको उजुरीको आधारमा पाचथरको कुम्मायक गाउपालिका–४, रानीगाउ घर भई हाल म्याङलुङमा डेरा गरी बस्दै आएका २३ वर्षीय सन्तोष लिम्बूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक नारायण गौतमले बताउनुभयो । उहाका अनुसार गत मंगलबार राति साढे ९ बजे बालिकाको कोठामा गई जबरजस्ती गर्न खोजेको परिवारको उजुरीपछि बुधबार बिहान लिम्बूलाई पक्राउ गरिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।