फिचर

सुँगुरको मासु खाँदा ज्यान गुमाउने कैदीको संख्या २ पुग्यो ,वाँकी २ को विएण्डसी अस्पतालमा उपचार हुँदै

बजारबाट ल्याएको सुँगुरको मासु खाँदा पाँचथर कारागारमा दुइजना कैदीले कैदीले ज्यान गुमाएका छन । बाँकी दुईजना सिकिस्त विरामी परेका छन ।
ज्यान गुमाउनेहरुमा फिदिम १० का जयप्रसाद जवेगू र फालेलुङ ८ का बुुद्धी केरुङ छन । उनीहरु मध्ये केरुङको सोमवार साँझ पाँचथर अस्पताल र जवेगुको आज विहान मेची अञ्चल अस्पताल झापामा ज्यान गएको हो ।
सँगै मासु खाएका कुम्मायकका दिनेश खजुम र फालेलुङ ६ का सुन्दर राई गम्भिर विरामी परेका छन ।
उनीहरुलाई पाँचथर अस्पतालमा उपचार नभएपछि विर्तामोड स्थित विएण्ड सि अस्पतालमा उपचारार्थ भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख सिद्धराज न्यौपानेले वताउनुभयो । मासु खाएपछि छाडा वान्ताले सताएपछि उनहरुलाई पाँचथर अस्पताल लगिएको थियो ।
उनीहरु चारै जना एउटै मेसमा खाना खाने गरेको कारागार प्रशासनले जनाएको छ ।
मासुउनीहरुले सुँगुरको पित्त खाएको र त्यहि पित्तमा रहेको रसायनका कारण फुड पोइजन हुनसक्ने डाक्टर भुपाल श्रेष्ठले वताउनुभएको छ ।

रेडियो मितेरी Live

नेपाल