फिचर

सुँगुरको पित्त खाँदा पाँचथर कारागारका एक कैदीको ज्यान गयो ३ जना विरामी

पाँचथर : बजारबाट ल्याएको सुँगुरको मासु खाँदा पाँचथर कारागारमा एक जना कैदीले ज्यान गुमाएका छन । तीनजना गम्भिर विरामी परेका छन ।
आज विहान वजारवाट ल्याएको सुँगुरको मासु पकाएर खाएका मध्ये पाँचथरको फिदिम १० का कैदी बुद्धी केरुङको ज्यान गएको हो ।
यस्तै जयप्रसाद जवेगू, दिनेश खजुम र सुन्दर राई गम्भिर विरामी परेका छन ।
उनीहरुलाई पाँचथर अस्पतालमा उपचार नभएपछि धरान स्थित विपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा पठाइएको पाँचथर जिल्ला अस्पतालले जनाएको छ ।
मासु खाएपछि बान्ता गर्न थाल्नासाथ पाँचथर अस्पताल पु¥याइएका केरुङको तत्काल मृत्यु भएको थियो ।
उनीहरुले सुँगुरको पित्त खाएको र त्यहि पित्तमा रहेको रसायनका कारण फुड पोइजन भएको हुनसक्ने डाक्टर भुपाल श्रेष्ठले वताउनुभयो ।

About the author

miteree

Add Comment

Click here to post a comment

Your email address will not be published. Required fields are marked *

रेडियो मितेरी Live

नेपाल