मोफसल

अपांगता भएका भएका तामाङलाई जनसेवाको सहयोग

पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका ७ भारपाका २६ वर्षीय नरवहादुर तामाङलाई आज जनसेवा समाज पाँचथरले दशैंका लागि खाद्यान्न सहितका सामग्री उपलव्ध गराएको छ ।
अपांगता भएर ओछ्यान परेका तामाङलाई फिदिम १ का फर्निचर व्यवसायी सोमनाथ थपलिया र पुजा थपलियाको सहयोगमा राहत सामग्री उपलव्ध गराइएको हो । जनसेवा समाजका अध्यक्ष उपाध्यक्ष र कोषाध्यक्ष सहितका पदाधिकारीले घरैमा गएर तामाङलाई ५ हजार रुपैंया वरावरको राहत सामग्री हस्तान्तरण गरेको अध्यक्ष राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।