फिचर

पाँचथरमा प्रहरी सक्रियता वढ्दै, तोकिएभन्दा दोव्वर भाडा लिएका ३५ जनाको पैसा फिर्ता

पाँचथर :: पाँचथर प्रहरीले दशैंको मौका छोपेर यात्रुवाट दोव्वर भाडा असुल्ने गाडीलाई कार्वाहि गर्ने कामलाई निरन्तरता दिएको छ । निरन्तरता स्वरुप आज झापाबाट पाँचथर आँउदै गरेको एउटा वसमा सवार ३५ यात्रुको रकम फिर्ता गराएको हो ।
तोकिएको भाडा भन्दा दोव्वर रकम असुलेको पाइएपछि ३५ जनालाई जनहि ५ सयका दरले रकम फिर्ता गराँउदै वस चालकलाई पनि एक हजार रुपैंया जरिवाना गरेर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख जनक तिम्सिनाले जानकारी दिनुभयो । उक्त वसले पाँचसय रुपैंया भाडा तोकिएकोमा एक हजारका दरले रकम असुलेको गुनासो आएको थियो । यसअघि हिजो पनि ट्राफिक र जनपथ प्रहरीले तोकिएभन्दा धेरै भाडा असुल्ने एउटा जीपका चालकवाट रकम फिर्ता गराँउदै एक हजार रकम जरिवाना गराएको थियो । दशैंमा सवारी साधनको अभाव देखाँउदै यातायात व्यवसायीले झापादेखि पाँचथरको एक हजार र ताप्लेजुङको २ हजारका दरले भाडा लिँदै आएको पाइएको छ ।

रेडियो मितेरी Live

नेपाल