मोफसल

पाँचथरमा दोब्बर भाडा लिएको गाडीका चालकवाट यात्रुलाई पैसा फिर्ता गराइयो

पाँचथर : जिल्ला ट्राफिक प्रहरी र जिल्ला प्रहरी कार्यालय पाँचथरले यात्रुवाट तोकिएभन्दा धेरै भाडा असुल्ने सवारी साधनलाई कार्वाहि शुरु गरेको छ ।
आज पहिलो पटक झापाको विर्तामोडदेखि फिदिमसम्म आएको एउटा जीपमा सवार ४ जना यात्रुको भाडा फिर्ता गराँउदै प्रहरीले कार्वाहि शुरु गरेको हो ।
प्रहरीले विर्तामोडदेखि फिदिम आएको मे १ ज २२९६ नम्वरको जीपमा सवार फिदिम १ का निरज तामाङ सहित ४ जनालाई सवारी चालकबाट रकम फिदिम स्थित पुरानो वसपार्कमा आइपुग्नासाथ रकम फिर्ता गराएको हो ।
सवारी चेकजाँचका क्रममा प्रहरी समक्ष यात्रुहरुले आफुवाट दोव्वर भाडा लिएको गुनासो गरेका थिए ।
विर्तामोडदेखि फिदिमसम्मको भाडादर ५ सय रहेकोमा एक हजारका दरले असुलेको पाइएकाले प्रत्येक यात्रुको वढि रकम फिर्ता गरी सवारी चालकलाई पनि एक हजार रुपैंया जरिवाना लिएर छोडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमूख जनक तिम्सिनाले वताउनुभयो ।
विहान ७ वजे विर्तामोड स्थित काउण्टरमा आएका ती यात्रुलाई यातायात व्यवसायीले गाडीको अभाव देखाँउदै एक हजारका दरले भाडा तिर्ने भएमात्रै पठाउने भन्दै दोव्वर रकम असुलेको गुनासो आएको छ ।