अर्थ मोफसल समाज

संविधान दिवसको अवसरमा गुडविलद्धारा जेष्ठ नागरिकलाइ सहयोग


पाँचथर ।। संविधान दिवसको अवसरमा गुडविल फाइनान्स लिमिटेड फिदिम शाखाले जेष्ठ नागरिकलाई सहयोग गरेको छ । संविधान दिवसको अवसर पारेर फिदिममा रहेको सिद्ध पोखरी सेवा सदन मा रहेका जेष्ठ नागरिकहरुलाई खाद्यान्न लगायतका सामाग्री प्रदान गरिएको बैंकका फिदिम शाखा प्रवन्धक विक्रम तिवारीले जानकारी दिए ।

सोहि अवसरमा जेष्ठ नागरिक बस्ने आश्रम वरिपरी वृक्षारोपण समेत गरिएको फाइनान्सले जनाएको छ । उक्त स्थानमा रहेको कृष्ण मन्दिर समेत सरसफाइ गरिएको फाइनान्सले जनाएको छ ।