फिचर

पाँचथरको रानिटारमा हिले जात्राको रौनक

पाँचथर : पाँचथरको रानिटार स्थित बराजु रङगशालामा आज रोपाँहि जात्रा आयोजना गरिएको छ ।


हिले जात्राका नामले समेत बोलाइने रोपाँहि जात्रामा रानिटार माध्यामिक विद्यालयका छात्रछात्राले स्थानीय जात जातीका सास्कृतिक भेषभुषामा सजिएर सहभागि भएका थिए । छात्रछात्राले आफैं बाहुसे,हली,रोपाहार,घोडा र जनावरका आकृतिमा उपस्थित भएर बराजु रङगशालामा रोपाँहि गर्दा उपस्थित हजारौं संख्याका सर्वसाधारणले मनोरञ्जन लिएका थिए । जात्राको व्यवस्थापन रानिटार माविले गरेको थियो । हिले जात्रा २०३८ सालदेखि प्रारम्भ गरिएको हो । तत्कालिन पञ्च सरकारले भदौ ४ गते बाल दिवसका दिन विशेष कार्यक्रम गर्न उर्दी जारी गरेपछि अन्य विद्यालय भन्दा भिन्नै शैलीमा कार्यक्रम आयोजना गर्न हिले जात्राको परिकल्पना गरिएको रानिटार माविका प्रधानाध्यापक भक्तवहादुर राईले वताउनुभयो । गणतन्त्र प्राप्ती पश्चात भदौ २९ गते बाल दिवस मनाउन थालिएसँगै यो जात्रा भदौ २९ गते नै देखाउन थालिएको हो ।

रेडियो मितेरी Live

नेपाल