विश्व

रेल दुर्घटना ५० जनाको ज्यान गयाे, २३ घाइते

कंगोमा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् ।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो ।

कंगोका मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् ।

दुर्घटनामा २३ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ ।

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ ।

गत मार्चमा भएको अर्को एक दुर्घटनामा परी कम्तीमा २४ जनाको मृत्यु भएको थियो भने ३१ जना घाइते भएका थिए ।

अनलाइनखबर