फिचर

खाल्डोमा डुबेर तीनजना बालिकाको ज्यान गयो

पाँचथर : रौतहटको इशनाथ नगरपालिका को बन्जरहा मा तीन जना बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बृजनन्दन यादवको १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साह को ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए । इशनाथ नगरपालिका १ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका तीन बालिकाको ज्यान गएको हो । दिउँसो ४ बजे खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साझ सम्म पनि घर नफर्किए पछि अभिभावक ले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवश्थामा फेला परेका थिए । घटना बारे अनुसन्धाम भइ रहेको र तिनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर ल्याउने तयारी भइ रहेको डिएसपी कार्किले बताए ।