फिचर

राप्रपा संयुक्तले मंसिर १४ गते हुने उप निर्वाचनमा पाँचथरका तीनवटै स्थानमा उमेद्वारी दिने

पाँचथर : राप्रपा संयुक्तले मंसिर १४ गते हुने उप निर्वाचनका लागि पाँचथर जिल्लाका तीनवटै स्थानमा उमेद्वारी दिने भएको छ ।
जिल्ला कार्य समिति पाँचथरको आज सम्पन्न बैठकले फाल्गुनन्द गाँउ पालिका अध्यक्षसँगै
फिदिम नगरपालिका वडा नम्वर १ र हिलिहाङ गाँउ पालिका ७ को वडाध्यक्ष पदमा उमेद्वारी दिने निर्णय गरेको हो ।
पार्टिका प्रबक्ता सगुनसुन्दर लावतीको उपस्थितिमा बसेको बैठकले संघ प्रदेश र स्थानीय तहमा भएको भ्रष्टाचार,बेथिति र अनियमितताका कारण जनताले बैकल्पिक शक्तिको खोजि गरिरहेको ठहर गर्दै तीनवटै स्थानमा उम्मेद्वारी दिने निर्णय गरिएको उक्त पार्टिले जनाएको छ ।
यद्धपी कुन स्थानमा कसलाई उठाउने भन्ने विषयमा भने टुंगो लागेको छैन । निर्वाचन हुने वडा र गाँउ पालिकाका स्थानीय कमिटीलाई उमेद्वार चयन गर्ने जिम्वेवारी दिइएकाले अशोज १५ भित्र सवै क्षेत्रका उमेद्धारको टुंगो लाग्ने पार्टि अध्यक्ष राजकुमार जोशीको भनाई छ ।