खेलकुद

महिला फुटबलको फाइनलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै, इतिहास रच्ने दाउमा नेपाल

पाँचथर :किर्गीजस्तानमा जारी सादेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुदैछ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । नेपाल पहिलो पटक प्रतियोगितामा सहभागी भएर फाईनलसम्मको यात्रा तय गरेको हो ।

फाईनलमा नेपालले फिफा वरियतामा आफुभन्दा निकै माथि रहेको उज्वेकिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । विश्व महिला फुटबलका बरियतामा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ । खेल जिते महिला फुटबलले पहिलो अन्तराष्ट्रिय उपाधिको इतिहास रच्नेछ ।

समुह चरणको खेलमा उज्वेकिस्तानले नेपाललाई पराजित गरेको थियो । उज्वेकिस्तानले नेपाललाई २–० ले हराएको थियो ।राउण्ड रोविनका आधारमा खेलाईएको प्रतियोगितामा शीर्ष दुई उपाधिका लागि भिड्न लागेका हुन् ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा आयोजकलाई ८–२ गोल अन्तरले पराजित गरेको थियो । दोस्रो खेलमा उज्वेकिस्तानसँग २–० गोल अन्तरले हारेको थियो । अन्तिम खेलमा ताजकिस्तानलाई १–० ले हराउँदै फाईनल यात्रा तय गरेको थियो ।