मोफसल

विद्यालयबाट फर्कने क्रममा पहिरोमा पुरिएर २ बालिकाको मृत्यु

पाँचथर :पहिरोमा पुरिएर रुकुम पश्चिममा २ बालिकाको मृत्यु भएको छ । मुसीकोट नगरपालिका–१० चुनका दुई बालिका विद्यालयबाट घर फर्कने क्रममा पहिरोमा पुरिएका थिए ।

स्थानीय डिलबहादुर विककी १२ वर्षीया छोरी डिलमाया विक र रणबहादुर कामीकी १० वर्षीया छोरी सावित्री विकको पहिरोले पुर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार विद्यालयबाट फर्कने क्रममा बेलुकी ५ बजेतिर बाटोमै पहिरोले पुरेपछि उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

साभार कान्तिपूर