मोफसल

बलात्कार आरोपमा इन्जिनियर पक्राउ

पाँचथर: बलात्कारको आरोपमा बैतडीमा मंगलबार साँझ प्रहरीले एक इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेलौली नगरपालिकाका इन्जिनियर २७ वर्षीय रोशन चन्द रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए ।

स्थानीय १७ वर्षीय किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चन्दमाथि सोमबार किशोरीलाई ललाईफकाई डडेल्धुरा लगी जबरजस्तीकरणी गरेको जाहेरी आएपछि अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी निरीक्षक चन्दले बताए।

किशोरीको स्वास्थ्य परीक्षण भइरहेको र घटना डडेल्धुरामा भएको हुनाले अनुसन्धानका लागि डडेल्धुरा पठाइने प्रहरी प्रवक्ता चन्दको भनाई छ । सब इन्जिनियर पढ्दै गरेकी किशोरी मेलौली नगरपालिकामा ओजेटी गर्दै आएकी बताइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अन्नपूर्ण