अर्थ

आजैदेखि लागू हुनेगरी डिजेल र पेट्रोलको मूल्य घट्यो

पाँचथर :नेपाल आयल निगमले डिजेलरमट्टितेल र पेट्रोलको मूल्य घटाएको छ ।

आज मध्याह्न १२ बजेदेखि लागू हुने गरी डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुईरदुई रुपैयाँ घटाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत इन्धन भित्र्याउँदै छ । पाइपलाइनाबाट इन्धन भित्र्याउन थालेपछि वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुने निगमले जनाएको छ । रासस