फिचर

कांग्रेसवाट निर्वाचित वडा सदस्य लगायत नेकपामा प्रवेश


पाँचथरको फिदिम नगरपालिका वडा नं। १४ की वडा सदस्य तेजमाया विश्वकर्मा सहित अन्य २१ जना स्थानीय नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरेका छन ।
नेपाली काँग्रेसबाट निर्वाचित दलित महिला वडा सदस्य विश्वकर्मा लगायतलाई प्रदेश सभा सदस्य आशारत्न जवेगू, नेकपा पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, नेकपा फिदिम नगर कमिटीका सचिव देवी थापा मगर, वडाध्यक्ष हेमबहादुर फागो लगायत नेता कार्यकर्ताहरुले नेकपामा स्वागत गरे । विहीवार आयोजित स्वागत कार्यक्रममा जिल्ला अध्यक्ष भण्डारीले नवप्रवेशीहरुलाई उचित जिम्मेवारी दिइने वताए ।
वडा सदस्य विश्वकर्माले नेकपामा आवद्ध भई वडा नं। १४ र फिदिम नगरपालिकाको विकासमा लाग्ने वताइन् । उक्त वडामा गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा ९एमाले०ले वडाध्यक्ष जितेको थियो भने चार जना वडा सदस्य नेपाली काँग्रेसबाट विजयी भएका थिए ।