विश्व

अमेरिकामा तीन नेपालीको दुर्घटनामा मृत्यु

पाँचथर: अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

श्रद्धाका बुबाआमा नेपालबाट अमेरिका घुम्न गएका थिए । कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालकको अवस्था चिन्ताजनक छ। प्रभाले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ

radionrn