कला साहित्य रोचक ! विज्ञान प्रविधी

‘छुइयाहा’ चलचित्र बन्दै


पाँचथर: लिम्बू भाषा,कला,संस्कृतिमा आधारित रहेर निर्माण गर्न लागिएको लिम्बू कथानक चलचित्र “छुइयाहा” को शिर्ष गीत रेकर्डिङ सकिएको छ । सोमबार काठमाडौ अनामनगरस्थित सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा सुनिता थेगिम र सुजन आङ्देम्बेको स्वर रहेको गीत बुद्धराज लिम्बूले संगीत गरेका हुन । आगामी जनवरी 2020 देखी पान्थर,तेह्रथुम र ताप्लेजुङको विभिन्न रमणीय,ऐतिहासिक स्थलहरुमा छायांकन हुने चलचित्र देवी जवेगुले निर्माण गर्न लागेका हुन । सागर केरुङ्को लेखन/निर्देशन रहेको चलचित्रको केहि कलाकारहरुको छनौट प्रक्रिया चलिरहेको निर्माता जबेगुले बताए ।