फिचर

हिन्दु महिलाले तीज पर्व आज दर खाएर मनाइदै

पाँचथर: हिन्दु महिलाले मनाउने तीज पर्व अन्तरगत आज दरखाने दिन, दर खाएर मनाइदैछ । विभिन्न मीठा मिठा परिकारका साथ दर खाने चलन छ । आज चेलिबेटि बोलाएर दर खुवाउने गरिन्छ । माइतीघर वा आफन्तकहाँ तथा आफ्नै घरमा खिर, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाइ, फलफूललगायतका मिठा परिकारलाई दरको रुपमा खाने गर्दछन् ।

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्य रातमा दर खाने गरिन्छ । पहिले हरितालिका तीजको अघिल्लो दिन एक दिनमात्र दरखाने परम्परा रहेको थियो भने आजभोली राजधानी तथा अन्य क्षेत्रमा एक महिना अघिदेखि नै दर खाने प्रचलन सुरु भएको छ ।

परापूर्वकालमा पार्वतीले शीवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पुरा भएको विश्वासका आधारमा राम्रो पति पाउन र विवाहिताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु’ र प्रगतिको कामना गर्दै भोली ब्रत बस्ने चलन रहेको छ ।

थारू समुदायले अटवारी हर्षोल्लासका साथ मनाउँदै

थारू समुदायले अटवारी पर्व आज हर्षोल्लासका साथ मनाउँदैछन् । कञ्चनपुरसहित थारू समुदायको बसोवास रहेका बाँके, बर्दिया, कैलाली र दाङलगायतका जिल्लामा यस पर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ ।

अटवरी पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायूको कामना गर्दै दिनभरि पानीसमेत नखाई व्रत बसेर साँझ पुरुषलेनै गुइँठाको आगोमा सल्लाको धुप बनाई बालेर भीमको पूजा गर्ने चलन छ । व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अन्तिको चामलबाट वरिया, रोटीलगायतका पकवान र फलफुल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्ट्याई बचेको बाँकी भाग व्रतालुले खाने चलन रहेको छ ।

यसैविच सुदूरपश्चिम प्रदेश सरकारले आज अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । तिजमा पशुपतिको पूर्वी ढोका खुला हरितालिका तिजका अवसरमा पशुपतिनाथको पूर्वी मूलढोका दर्शनार्थी भक्तजनको प्रवेशका लागि वैकल्पिक रुपमा प्रयोग गर्न खुला गरिने भएको छ ।

पशुपति क्षेत्र विकास कोषले लामो समयदेखि यो ढोका पशुपतिनाथ मन्दिरमा जल ल्याउन मात्र उपयोग गर्दै आएको थियो । तिजमा महिला भक्तजनको भीडलाई छिटो पशुपतिनाथ मन्दिरमा दर्शन गराउने उद्देश्यले पूर्वी मूल ढोकालाई वैकल्पिकरूपमा उपयोग गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा। प्रदीप ढकालले जानकारी दिनुभयो ।

तिज, बाला चतुर्दशी, महाशिवरात्रि, साउनको सोमबारजस्ता बढी भीड हुने पर्वमा पूर्वी ढोका खुला नगर्दा धेरै समय लाममा बस्नुपरेको गुनासो भक्तजनबाट आउन थालेपछि कोषले यस्तो व्यवस्था गरेको हो ।

  • radionrn