अर्थ

नक्कली एटिएम प्रयोग गरी बैंकबाट करोडौं रकम निकाल्ने पाँच चीनियाँ नागरिक पक्राउ

पाँचथर : नक्कली एटिएम प्रयोग गरि पैसा निकाल्ने ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली एटिएमको प्रयोगले नबिल बैंकबाट पैसा निकाल्ने ५ चीनियाँ पक्राउ परेका हुन् ।

काठमाडौंको दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट उनीहरुले ठूलो धनराशी निकालेका थिए । बैंकका अन्य खातावालाको रकम उनीहरुले अनधिकृत रुपमा निकालेको पाइएपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।

उनीहरुको साथबाट झन्डै डेढ करोड रुपैयाँ बरामद गरिएको छ । यस सम्बन्धमा प्रहरी परिसरले आज दिउँसो पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताएको छ ।

अधिकांश बैंकहरुले गरे आफ्नो एटिएम सेवा बन्दएटिएमको पासवर्ड ह्याक गरेर रकम चोरि हुन थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका छन् । ह्याकरको निशानामा नेपालका बैंकहरु पर्न थालेपछि अधिकांश बैंकहरुले आफ्नो एटिएम सेवा बन्द गरेका हुन् ।

प्रहरीले एटिएम ह्याक गरेर रकम निकाल्ने ५ जना चीनियाँ नागरिकलाई पक्राउ गरेपछि सुरक्षा खतरा बढेको जनाइएको छ ।

ह्याक हुने खतराका कारण बैंकहरुले तत्कालका लागि एटिएम बन्द गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

  • radionrn