फिचर

फिदिमको नाम्दु जहाँ साँझ परेपछि घरको छानामा ढुंगा वर्सिन्छन, स्थानीय त्रासमा

पाँचथर : दुई महिनादेखि घरको छानामा निरन्तर ढुंगा हान्न क्रम नरोकिँदा पाँचथरको फिदिम नगरपालिका वडा नम्वर १ का २ परिवार त्रासमा दिनरात काटिरहेका छन ।
फिदिम १ नाम्दु टोलका वलवहादुर राई र शिव श्रेष्ठको परिवार साँझ पर्नासाथ घरमा ढुंगा वर्षिन थालेपछि त्रासमा दिनरात गुजार्न वाद्य भएका हुन ।
राईको घरमा जेठ २६ र श्रेष्ठको घरमा असार २४ गतेदेखि अज्ञात समूहले ढुंगा हान्दै आएको वताइएको छ । कुहिरो लाग्दा र पानी पर्दा दिँउसै पनि ढुंगा वर्सिने गरेको पीडितहरु वताँउछन ।
निरन्तर ढुंगा हान्दिा श्रेष्ठको घरको छानो छियाछिया परेको छ भने राईको घर र भान्छाघरको छानामा ढुंगा थुप्रिएका छन ।
पछिल्लो समय ढुंगा हान्ने व्यक्तिको पहिचान गर्न गाँउलेहरु भेला भएर वस्ने गरेको पीडितहरु वताँउछन । यद्धपी मान्छे घर भित्र पसेपछि ढुंगा हान्ने र वाहिर निस्केपछि रोकिने गर्छ । पहिलो पटक ढुंगा हान्दा के भएछ भन्ठानेर बाहिर निस्कँदा शिवका छोरा सुरेषको टाउकोमा लागेर घाइते समेत भएका छन ।
पीडित मध्ये श्रेष्ठले घट्नावारे प्रहरीमा पनि जाहेरी दिएका छन । केहिदिन अघि प्रहरी घट्नास्थल पुगेर स्थलगत अध्ययन गरेपनि त्यो क्रम रोकिएको छैन । प्रहरीले दोशी पक्राउ गर्नभने ठोस कदम चालेको छैन ।