फिचर

पाँचथरको फालेलुङ गाँउ कार्य पालिका सदस्य पशु पंक्षी शाखा प्रमूख मोटरसाइकल दुर्घटनामा


पाँचथर पाँचथरको फालेलुङ गाँउ पालिका कार्यपालिका सदस्य रेनुका आङबो र गाँउ पालिका स्थित पशु पंक्षी विकास साखाका प्रमूख छिरिङ शेर्पा मोटरसाइकल दुर्घटनामा पर्नुभएको छ । उहाँहरु आज दिँउसो मोटरसाइकल दुर्घटनामा पर्नुभएको हो ।
फिदिमवाट जोरपोखरी हुँदै गाँउ पालिका केन्द्र थोक्लिम्वा जाने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।
फालेलुङ २ एकतिन र फालेलुङ ३ ताङलेपा जोड््ने खोला नजिकै विकटे भन्ने स्थानमा उहाँहरु दुर्घट्नामा पर्नुभएको हो । उहाँहरु हिलो र उकालो बाटोमा मोटरसाइकलबाट करिब १५ मिटर तल खसेको प्रत्यक्षदर्सी सिता जवेगुले बताँउनुभयो ।
मोटरसाइकल सडकको छेउमै अल्झिए पनि सेर्पा र आङवो भने तल झरेको बताइएको छ । घाइते मध्ये आङवोको टाउको र शरिरमा चोट छन । उहाँको उपचार पाँचथर जिल्ला अस्पतालमा सम्भव नभएपछि झापा तर्फ पठाइएको छ । सेर्पाको भने अवस्था सामान्य रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।