फिचर

विप्लब नेतृत्वको नेकपाका पाँचथर जिल्ला इन्चार्ज सहित पाँचजना पक्राउ

पाँचथर : नेत्रविक्रम चन्द समूहका ताप्लेजुङ, पाँचथर इन्चार्जसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दमकबाट पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
ताप्लेजुङ इन्चार्ज सागर लिम्बु, पाँचथर इन्चार्ज तथा मेची ब्यूरो सदस्य राजु दास, मेची ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला सेक्रेटरी नरपति पौडेल, ताप्लेजुङ जिल्ला सदस्य योगेश लिम्बु र जनमुक्ति मोर्चाको केन्द्रीय सदस्य तथा अखिल ९क्रान्तिकारी० मेची, कोसी संयोजक गणेश कार्कीलाई पक्राउ गरिएको श्रेष्ठले जानकारी दिए ।

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले दमक नगरपालिका ६ को न्यु कञ्चन होटेलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापामा राखिएका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।