फिचर

पाँचथरे स्रष्टा बैरागी काइलालाई जगदम्वा श्री पुरस्कार, योगेशलाई मदन पुरस्कार

पाँचथर : यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई प्रदान गर्ने भएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरिएको विज्ञप्तीमार्फत जानकारी गराइएको छ ।


त्यस्तै यस वर्षको जगदम्बाश्री पुरस्कार आयामेली कवित तथा बरिष्ठ साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

दुबै पुरस्कारको राशी ४र४ लाख रुपैयाँ रहेको छ । यसअघि २ लाख रूपैयाँ रहेको पुरस्कार राशी गुठीले यसै वर्षदेखि बढाएर ४ लखा पुयाएको हो । पुरस्कार यहिं असोज १२ गते वितरण गरिनेछ ।गुठीले यसअघि मदन पुर‍स्कारका लागि उत्कृष्ट ७ पुस्तकको नाम सार्वजनिक गरेको थियो ।