मोफसल

श्रीमानको खुर्पा प्रहारबाट श्रीमतीको ज्यान गयो

पाँचथर: गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा श्रीमानले खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । २० वर्षीय याकुब परियारले शनिबार राति १० बजे १९ वर्षीया श्रीमती पुजा परियारको घाँटी रेटेर हत्या गरेको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

स्थानीयबासीबाट सूचना पाएपछि प्रहरी पुग्दा पुजाको घटनास्थलमा नै मृत्यु भइसकेको एसपी अधिकारीले बताए । उनका अनुसार याकुब मानसिक रोगी हुन् । उनले मानसिक रोगको औषधी खाँदै आएका प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले जानकारी दिए ।

मृतक पुजाको शव जिल्ला अस्पताल गोरखामा राखिएको छ भने श्रीमान याकुबलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

साभार अन्नपूर्ण