खेलकुद

पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा आज बेलबारी र ताप्लेजुङ भीड्दै

पाँचथर: ताप्लेजुङमा जारी चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगितामा शुक्रबार आयोजक र बेलबारी फुटबल क्लब मोरङ भीड्दैछन्। खेल ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको मैदानमा दिउँसो १ बजे सुरु हुनेछ। दुवै टिमले ए डिभिजन क्लबबाट खेलेका खेलाडी मैदानमा उतार्ने बताए।

यसअघि बिहीबार भएको पहिलो खेलमा रेडहर्स क्लब इलामले जीत हांसिल गर्‍यो। भदौ ६ गते सम्पन्न हुने प्रतियोगितामा भारतको एकसहित १० टिमको सहभागिता छ।

अन्नपूर्ण