मोफसल

प्रदेश नम्वर १ मा जनै पुर्णिमाको सार्वजनिक बिदा

पाँचथर : १ नम्वर प्रदेस सरकारले साउन ३० गते जनै पुर्णिमाका दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज साँझ प्रदेस सरकारले सार्वजनिक सुचना गर्दै विदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विनयकुमार मगरले हस्ताक्षर गरेको सूचनामा जनै पुर्णिमा अर्थात रक्षा वन्धन पर्वका अवसरमा विदा दिने निर्णय उल्लेख छ । यसैगरी २ नम्वर प्रदेश सरकारले पनि जनै पुर्णिमाका दिन सार्ववनिक विदा दिने निर्णय गरिसकेको छ ।