फिचर

मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई एनआरएनए मलेसियाद्वारा १ लाख सहयोग


पाँचथर :गैरआवासीय नेपाली संस्था (एनआरएनए) मलेसियाको परोपकारी परियोजनाअन्तर्गत पाँचथरको मिक्लाजुङमा भएको सामूहिक हत्याकाण्डमा बाँच्न सफल सीता खजुमलाई सहयोग स्वरुप १ लाख रुपैयाँ प्रदान गरेको छ ।

सोमबार काठमाडौँमा एक कार्यक्रमबीच सीताकी आमा बुद्धमाया फियाकलाई सो रकम हस्तान्तरण गरिएको हो ।एनआरएन मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, सदस्य राम नेपाल, मनिसिंह थापा, सल्लाहकार योगेन्द्र कुँवरको उपस्थितिमा सहयोग प्रदान गरिएको थियो ।

सहयोग प्रदान गर्दै एनआरएन मलेसियाका सदस्य राम नेपालले समितिको मासिक वैठकमा परोपकारी परियोजनाको प्रस्ताव आउँदा सल्लाहकार योगेन्द्र कुँवरले मिक्लाजुङ हत्याकाण्डको कुरा ल्याएको बताएका थिए । त्यसै प्रस्तावअनुसार यस सहयोग हस्तान्तरण गर्न सफल भएको नेपालले बताए ।

सल्लाहकार योगेन्द्र कुँवरले आफूले ल्याएको प्रस्तावलाई समितिले सहर्ष स्वीकार गरेर आज यहाँसम्म आइपुग्न सफल भएको बताएका थिए । साथै नगदलाई सही सदुपयोग हुनेमै विश्वास रहेको कुँवरले बताए ।

गत वैशाख ६ गते पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरूबोटेमा नकाब लगाएका व्यक्तिले सुतिरहेका बमबहादुर फियाक र धनराज शेर्माका परिवारको सामूहिक हत्या भएको थियो ।

साभार
रातोपाटी