मोफसल

बकर इदमा नेपालगञ्जमा सामूहिक नमाज

पाँचथर : मुस्लिम धर्मावलम्बीहरुको पर्व बकरईदको अवसरमा सोमबार नेपालगञ्जको विपी चोकमा रहेको ईदगाहमा मुस्लिम समुदायले सामूहिक नमाज पढेका छन् ।

नमाज पढेपछि एकआपसमा गला मिलाएर बकराईदको शुभकामना आदान प्रदान गर्दै यो पर्व मनाइरहेका छन् । सामूहिक नमाजमा सहभागि हुनुभएका शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले सामाजिक र धार्मिक सद्भावको नमुना नेपालगञ्जबाट विश्वले सिक्नुपर्ने बताउनुभयो ।

मुस्लिम समुदायलाई बकर ईदको शुभकामना दिन नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा।धवलशम्शेर राणा लगायत बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता विपी चोकमा पुगेका थिए ।

यो पर्व मुस्लिम समुदायले तीन दिनसम्म धुमधामसँग मनाउँछन् ।


 उज्यालो