फिचर

पाँचथरमा सम्बन्ध बिच्छेद गर्ने पुरुष बढे

पाँचथर :: पाँचथर जिल्लामा सम्वन्ध बिच्छेद गर्ने पुरुषको संख्या बढ्दै गएको छ । २०७५ साल भदौ १ गते देवानी तथा फौज्दारी संहिता लागु भएसँगै पुरुषलाई पनि सम्वन्ध बिच्छेद गर्ने अधिकार प्राप्त भएपछि अदालत यस्ता मुद्धा दर्ता गराउने पुरुषको संख्या पनि बढेको हो ।
पाँचथर जिल्ला अदालतका सूचना अधिकारी यामबहादुर चौहानका गत भदौ १ देखि यो वर्षको साउन २४ गतेसम्म २ सय ५६ वटा सम्वन्ध विच्छेदका मुद्धा दर्ता भएका थिए । जसमध्ये ७० वटा मुद्धा पुरुष बादी भएर दर्ता भएको वताइएको छ । वाँकी १ सय ५६ वटा मुद्धा महिलाले सम्वन्ध बिच्छेदको माग गर्दै दर्ता गराएको अदालतको तथ्यांकमा उल्लेख छ ।
सम्बन्ध बिच्छेद चाँहँदै मुद्धा दर्ता गराउने पुरुषले श्रीमतीमाथि आर्थिक शोषण,प्रेममा संका,सम्पती दुरुपयोग,विलासिता र हिंसाजन्य क्रियाकलापको अभियोग लगाँउने गरेका छन । यस्तै महिलाहरुले भने आफ्ना श्रीमानले पर्याप्त समय नदिएको,खानलाउन नदिएको तथा कुटपिट गरेको जस्ता अभियोग लगाउने गरेको पाइएको छ ।
२०७५ साल भदौ १ गतेपुर्व महिलालाई मात्रै सम्वन्ध विच्छेदका मुद्धा दर्ता गर्ने अधिकार थियो । देवानी फौज्दारी संहिता लागु भएसँगै पुरुषलाई सम्वन्ध बिच्छेदको माग गर्ने अधिकार प्राप्त भएसंगै अदालतमा मुद्धा बढेका हुन ।