फिचर समाज

पाँचथरमा दलहरु तामझामका साथ उम्मेद्धार मनोनयन दर्ता गर्दै

पाँचथर २७ कार्तिक ।। मंसिर १४ गते हुन गइरहेको उपनिर्वाचनको लागी पाँचथरमा उम्मेद्धारी मनोनयनका काम भैरहेको छ । राजनितिक दलका नेता तथा कार्यकर्ताहरु आफ्ना उम्मेद्धारलाइ लिएर तामझामका साथ मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन् ।

जिल्लाका १ गाउँपालिका अध्यक्ष सहित २ वडाध्यक्षमा निर्वाचन हुन लागेको हो । फाल्गुनन्द गाउँपालिका का अध्यक्ष अमरकुमार नेम्वाङ, फिदिम नगरपालिका वडा नं. १ का वडाध्यक्ष हर्क मोत्तान र हिलिहाङ गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष तिर्थ तिम्सिनाको निधन भएका कारण यहाँका सो स्थानमा निर्वाचन हुन लागेको हो ।

जिल्लामा नेकपा, कांग्रेस, समाजवादी, राप्रपा, र लिम्बूवान सम्बद्ध दलहरु उम्मेद्धारी मनोनयन गराइरहेका छन् । फिदिम नगरपालिका वडा नं. १ को वडाध्यक्ष पदको लागी उम्मेद्धार मनोनयनको काम अन्तिम चरणमा पुगेको छ । भने फाल्गुनन्द गाउँपालिकामा केही ढिलो मात्रै मनोनयन दर्ताको काम सुरु भएको छ ।

यता हिलिहाङमा समेत उम्मेद्धारी मनोनयन दर्ताको काम भैरहेको छ । दलहरुले पुर्व सहमति अनुरुप विहान १० बजे बाट आ–आफ्नो दर्ताको समय निर्धारण गरेको भए पनी केही ढिलाइ हुन गएको हो । फिदिममा उम्मेद्धारी मनोनयन दर्ता पश्चा नेकपाले लोकतन्त्र चौकमा र कांग्रेसले गणतन्त्र चोकमा कोण सभा सम्पन्न गरेको छ ।

error: Content is protected !!