फिचर

पाँचथरको हिलिहाङमा टिपर दुर्घटना दुइजनाको घट्नास्थलमै ज्यान गयो

पाँचथर : निर्माणाधिन मध्य पहाडी लोकमार्गको पाँचथर स्थित हिलिहाङ गाँउ पालिकामा टिफर दुर्घटना हुँदा २ जनाको घट्ना स्थलमै ज्यान गएको छ ।
ज्यान गुमाउनेहरुमा धादिङ घर भएका चालक विनोद तामाङ र पाँचथरकै हिलिहाङ गाँउ पालिका २ घर भएका मजदुर भिम तामाङ छन ।
निर्माणाधिन मध्यपहाडी लोकमार्गमा काम गरेर फर्कदै गरेको बा २ क २९२० नम्वरको टिफर मंगलवार साँझ ८ वजे हिलिहाङ ४ हवल्दार चोक नजिकैवाट १ सय मिटर तल खसेको थियो ।
टिफर खस्ने क्रममा ढुंगामा ठोक्किएर जल्दा चालक विनोद तामाङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
मृतकहरुको पोष्टमार्टका लागि पाँचथर अस्पताल ल्याइएको छ । भने घट्नावारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

error: Content is protected !!