खेलकुद

बुद्धीचाल संघ पाँचथरको अध्यक्षमा विजयवोध लावती

पाँचथर :: बुद्धीचाल संघको पाँचथ जिल्ला अधिवेशन विजयवोध लावती अध्यक्ष रहेको नयाँ कार्य समिति चयन गर्दै सकिएको छ ।
फिदिममा शुक्रवार सम्पन्न अधिवेशनवाट जयविक्रम चेम्जोल,महेन्द्र नेम्वाङ र जयप्रसाद नेम्वाङलाई क्रमशः उपाध्यक्ष सचिव र कोषाध्यक्षमा सर्वसम्मत गरेको छ भने सदस्यहरुमा प्रविन सम्वाहाम्फे,धनकुमार लावती,भगिरथ चेम्जोङ चयन भएका छन । यस्तै केन्द्रीय प्रतिनिधिमा गजेन्द्र मावो र विमल ढुंगाना चुनिएको वताइएको छ ।
जिल्ला समन्वय समिति प्रमूख विष्णुप्रसाद सापकोटाको प्रमूख आतिथ्यमा फिदिममा सम्पन्न अधिवेशनको उद्घाटन सत्रमा इगल एफएमका स्टेशन म्यानेजर छवि चाँपागाँइ,नेपाल नेपाल पत्रकार महासंघ पाँचथरका निर्वतमान अध्यक्ष लक्ष्मी गौतम र बुद्धीचाल संघको केन्द्र्रीय उपाध्यक्ष विदुरप्रसाद गौतम लगायतले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।