राजनीति

सीमा विवाद बारे सेनाभित्र आन्तरिक छलफल,प्रधानमन्त्री र रक्षामन्त्री पनि सहभागि

भारतले सार्वजनिक गरेको राजनीतिक नक्साबारे नेपाली सेनाले पनि आन्तरिक छलफल चलाएको छ । राजनीतिक दल, नागरिक अगुवा, बौद्धिक वर्गलगायतले दवावमुलक छलफल गरिरहेका बेला नेपाली सेनाले पनि आन्तरिक छलफल गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुनुभएको बताइएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली भूभागको रक्षामा सुरक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छलफल चलाउनु भएको एक सैन्य अधिकारीले जानकारी दिएका छन् ।

नेपाली भूभागमा रहेको भारतीय सुरक्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सुरक्षित गर्न सेनाले खेल्नु पर्ने भूमिकाका बारेमा छलफल भएको बताइएको छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति अधिकांश चिन्ता व्यक्त गरेको एक अधिकारीले बताएका छन् ।

प्रधानसेनापति थापाले सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्था, आपसी सहकार्य, आसन्न उपनिर्वाचन र सार्क मुलुक सम्मिलित खेलकुद ९साग०को सुरक्षालगायतमा छलफल गर्न भन्दै बैठक बोलाउनु भएको बताइएको छ ।

error: Content is protected !!