अर्थ

नाै लाख घुससहित सिनियर डिभिजन इन्जिनियर पक्राउ

पाँचथर: नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजनल इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले अहिले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो।

सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।

साभार अन्नपूर्ण बाट