फिचर

आज फाल्गुनन्द जयन्ती भव्य रुपमा मनाइदै

पाँचथर : आज नेपालका १६ औं विभूती फाल्गुनन्द लिङदेनको १ सय ३४ औं जन्म जयन्ती ।
पाँचथर सहित पुर्बी नेपालमा बिशेष कार्यक्रम गरी मनाँइएको छ ।
इलाममा जन्मेर पाँचथरलाई कर्मभुमी वनाइ जीवनको अन्तिम घडीसम्म सास्कृतिक अभियानको ज्ञान पुञ्ज छर्न उद्वत फाल्गुनन्दलाई किराँत समूदायले महान समाज सुधारकको उपमा दिएका छन ।
वाल्यकालको अधिक समय आफ्ना पितासँगै गाई गोठमा विताएका उनी जन्मसिद्व साकाहारी थिए । भोजनमा उनी दाल,भात,तरकारी र साग रुचाँउथे । जीवनको उत्तरार्धमा भने उनले मकैको खाना मात्रै खाएका थिए । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएर १३ वर्ष नोकरी पनि गरे ।
नोकरीवाट फर्केपछि पाँचथर,इलाम,ताप्लेजुङ,भुटान र तेह«थुमाका विभिन्न स्थानमा माङहिम (मन्दिर) निर्माण गर्दै सास्कृतिक अभियान मार्फत ज्ञानको ज्योती पर्वाह गर्न थालेको पाइन्छ ।
उनी वाल्यकालवाटै सत्यआहार,सत्य विहार,सत्य व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्दथे खानपान र सस्कारले किराँत समुदाय पछाडी पर्दै गएको महशुष गर्दै उनले किराँत धर्म हाङ साम्योको थालनी गरे । जस्लाई फाल्गुनन्द पन्थ भनिन्छ ।
उनको निधन २००५ साल चैत २२ गते भयो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभुती घोषणा ग¥र्यो उनी नेपालका १६ औं राष्ट्रिय विभुती हुन । उनको समाधिस्थल पाँचथरकै इम्वुङ ७ सिलौटीमा छ ।

रेडियो मितेरी Live

error: Content is protected !!