मोफसल

तरुण कपकाे उपाधी नवमीडाडालाइ

पाँचथरको फाल्गुनन्द गाउपालिका स्थित याम्बापुङमा सम्पन्न तेस्रो तरूण गोल्डकपको उपाधि सोहि गाँउ पालिकाको वडा नम्वर १ ले हात पारेको । आज अपरान्ह सकिएको खेलमा ७ नम्वर वडालाई १-० गोलले पराजित गर्दै १ नंम्वर वडा स्थित नवमीडाँडाको टिमले तरुण कप जितेको हो सो टिमको जिततका लागि रोशन आङ्देम्बेले खेलको अन्तिम समयमा गोल गरे ।
बिजेता भएसँगै सो टिमले वडाले १ लाख १ हजार १ सय ६७ नगद पुस्कार प्राप्त गरेको छ । उपबिजेता बनेको ७ नम्वर वडाले ५१ हजार १ सय ६७ रुपैँया नगद पुरस्कार पाएको छ ।
बिजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथि नेपली काँग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेले पुरस्कार प्रदान गरे ।
चार दिनसम्म सन्चालन भएको गोल्डकपमा फाल्गुनन्द गाउपालिकाका ७ टिमले सहभागिता जनाएको तरुण दल पाँचथरका अध्यक्ष सुमन लामाले जानकारी दिए ।
समापन कार्यक्रममा तरूण दल केन्द्रिय अध्यक्ष जितजंग बस्नेत, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष पदका उम्मेद्वार बृजहाङ आङदेम्बे, नेपाली काग्रेसका नेता एमपी चेम्जोङ, नेता मणिचन्द्र चेम्जोङले बोलेका थिए ।

error: Content is protected !!