राजनीति

प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले दिने भए राजीनामा

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सबै सदस्यलाई राजीनामा दिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि सचिवालयका सबै सदस्यले राजीनामा दिने भएका छन् ।

मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिन लागेका बताइएको छ ।

मंसिरबाट लागू हुने गरी सचिवालय सदस्यले स्वच्छिक रुपमा राजीनामा दिन थालेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने समाचारहरुमा उल्लेख छ ।

  • radionrn
error: Content is protected !!