फिचर

पाँचथरका पाँचजनामा डेंगुको संक्रमण, चिकित्सक भन्छन सजग रहनु होस

पाँचथर तराईका झापा मोरङ र सुनसरी जिल्लामा नियन्त्रण बाहिर रहेको डेंगुका विरामी मध्य पहाडी जिल्ला पाँचथरमा पनि भेटिएका छन ।
एकसाता भित्र सदरमुकाम फिदिम विभिन्न स्थानवाट ज्वरो आएर परिक्षण गराउन आएका ५ जना विरामीमा डेगुंको संक्रमण देखिएको हो ।
सदरमुकाम फिदिम स्थित जिल्ला अस्पताल र समर्पित अस्पतालमा आएका यत्तिका विरामीमा डेंगु भेटिएको वताइएको छ ।
अस्पतालहरुका अनुसार फिदिम १२ का रामप्रसाद राई, फिदिम १ का रोशन श्रेष्ठ,कल्पना भण्डारी,गजेन्द्र भण्डारी र भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरमा कार्यरत नायव शुव्वा पुरुषोत्तम पौडेलमा डेंगु भेटिएको हो ।
पाँचथर जिल्ला अस्पतालमा डेंगुको परिक्षण गर्ने किड नभएकाले त्यहाँ आएका विरामीलाई समर्पित अस्पतालमा रेफर गरेर स्वास्थ परिक्षण गर्ने गरिएको छ । यसरी दुवै अस्पताल आएका मध्ये ५ जनामा डेंगु पुष्टि भएपछि २ जनालाई नोवल अस्पताल विराटनगर,एकजनालाई झापाको विएण्ड सि र वाँकी १ जनालाई विएण्ड सीमा पठाउनका साथै वाँकी २ जनालाई समर्पित अस्पतालमा उपचारका लागि भर्ना गरिएको समर्पित अस्पतालका सूचना तथा सम्पर्क अधिकारी शिशिर आङवोले जानकारी दिनुभयो ।
डेंगुको संक्रमण भेटिएपछि सजग रहन चिकित्सकहरुले सुझाव दिएका छन । पाँचथरमा डेंगु सार्ने जातका लामखुट्टे सिमित ठाँउमा मात्रै रहने सम्भावना भएकाले झापा मोरङ र सुनसरी जिल्लाबाट यो रो फैलेको हुनसक्ने पाँचथर जिल्ला अस्पतालका प्रमूख डाक्टर बुद्धीवहादुर थापाको भनाई छ ।