फिचर

बुहारीलाई बोक्सी आरोप लगाएर फलाम तताएर डाम्न खोज्दै घर निकाला

पाँचथरकाे याङ्वरक गाउँपालिक–२, फलैचाँकी पुजा भारतीले आफूलाई ससुरा कान्तप्रसाद गिरीले बोक्सी भन्दै यातना दिएको बताउनु भएको छ । ससुराले छिमेकी महेन्द्रप्रसाद पौडेलसंग मिलेर निर्धात कुटपिट गर्नुका साथै फलाम तताएर डाम्न खोजेपछि पुजा भागेर अहिले माइतको शरणमा पुग्नु भएको छ ।
गत भाद्र ३१ गते राती कान्तप्रसाद र महेन्द्रप्रसादले आफूलाई बोक्सी भन्दै निर्धात कुटपिट गरेका पीडितको गुनासो छ । कुटपिटपछि ससुराले डाम्नलाई फलाम तताउदै गर्दा महेन्द्रले समाइरहेको अवस्थामा आफू फुत्किएर भाग्न सफल भएको पुजाले सुनाउनुभयो । सोही रात आफूमाथी भएको जघन्य अपराध विरुद्ध नजिकैको प्रहरी चौकीमा ठाडो उजुरी दिएको उहाँको भनाइ छ । यद्यपी पिडकहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न प्रहरी अग्रसर नभएको पिडीतको गुनासो छ । प्रहरीले निकै समय गुज्रेपछि जाहेरी विना कारबाही गर्न नमिल्ने भनेपछि असोज २७ मा जाहेरी गरेपनि पीडक अझै पक्राउ नभएका जनाइको छ । घटना घटाएपछि कान्तप्रसाद र महेन्द्रप्रसाद हाल फरार रहेका जनाइएको छ । कान्तप्रसादले धामीको काम गर्ने गरेका जनाइएको छ । मेरो छोरो खान लागिस, घटेर मर्न लाग्यो भन्दै ससुराले यातना दिएको पुजाको दुखेसो छ । सासुबाटसमेत बोक्सीकै लाञ्छनाका पाउदै लामो समयदेखि मानसिक यातना पाएको उहाँले पिडा पोख्नुभयो । बाबु आमाकै कुरा सुन्ने गरेका श्रीमान तेजप्रसाद गिरीबाट पनि आफू अपहेलित भएको पुजाले सुनाउनुभयो । पीडित पुजा अहिले एक वर्षीया छोरीको साथ हिलिहाङ गाउँपालिका–३, कुर्लुम्बा स्थितको माइत रहनु भएको हो । आरोपितहरुको खोजी भइरहेको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।

रेडियो मितेरी Live

error: Content is protected !!