राजनीति

निर्वाचन कार्यालय अगाडि बम विस्फोट

पाँचथर :उप–निर्वाचनको मनोनयन दर्ता कार्यक्रमको समय सुरु हुनासाथ मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्की नजिकै बम विस्फोट भएको छ । वैदाम प्रहरी कार्यालय घटनास्थलमा पुगेर अहिले छानबिन गरिरहेको छ ।

निर्वाचन कार्यालयभन्दा केही पर रहेको पर्यटक बसपार्कमा ठूलो आवाजसहित विस्फोट भएको थियो । वैदाम प्रहरी इन्चार्ज डीएसपी कोमल शाहले स्थिति नियन्त्रणमा रहेको जानकारी दिनुभएको छ ।

मंसिर १४ को उपनिर्वाचन प्रक्रिया आजदेखी सुरु भएको छ । निर्वाचनमा भाग लिनको लागि मनोनयन दर्ता गर्न दलका उम्मेदवारहरु केही बेरमा कार्यालय पुग्दैछन । कास्की २ मा प्रतिनिधिसभाको उप–निर्वाचन हुन लागेको हो ।

  • radionrn
error: Content is protected !!