फिचर

पाँचथरमा पिकअप दुर्घटना हुँदा ३ जना घाइते

पाँचथर : पाँचथरको हिलिहाङ गाँउ पालिका वडा नम्वर ६ मा आज पिकअप दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।

फिदिमवाट सिमेन्ट लोड गरेर फालेलुङ गाँउ पालिकातर्फ जाँदै गरेको मे १ ज २०७५ नम्वरको पिकअप अनियन्त्रित भएर सडकमुनी खस्दा फालेलुङ ३ स्थित मेमेङ माविका शिक्षक सत्यनारायण चौधरी, पिकअप चालक फालेलुङ ८ का धिरज राइ र फालेलुङ ४ की विन्दु गुरुङ घाइते भएका हुन ।
घाइतेमध्ये चौधरीको टाउकोमा गहिरो चोट लागेकाले थप उपचारका लागि विपि कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानका लागि रेफर गरिएको र वाँकी २ जनाको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।