फिचर

कस्तो हुँदैछ त पाँचथरमा उप निर्वाचनको तयारी ?

पाँचथरमा मंसिर १४ गते हुन गइरहेको उप निर्वाचना लागि पाँचथर जिल्लाका तीनवटा स्थानीय तहमा १७ वटा मतदान स्थल र ३१ मतदान केन्द्र तोकिएका छन ।
जिल्ला निर्वाचन कार्यालय पाँचथरका अनुसार गाँउ पालिका अध्यक्ष पदका लागि निर्वाचन हुने फाल्गुनन्द गाँउ पालिकामा १३ वटा मतादन स्थल र २३ मतदान केन्द्र तोकिएको छ । यस्तै सदरमुकाम स्थित फिदिम नगरपालिका वडा नम्वर १ मा १ मतदान स्थल र ४ वटा मतदान केन्द्र र हिलिहाङ गाँउ पालिका ७ मा ३ वटा मतदान स्थल र ४ वटा मतदान केन्द्र तोकिएको छ ।
सदरमुकाम फिदिम बजारको मुटु मानिने फिदिम नगरपालिका वडा नम्वर १ सँगै हिलिहाङ गाँउ पालिका वडा नम्वर ७ मा वडाध्यक्ष र फाल्गुनन्द गाँउ पालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ ।
उप निर्वाचनका लागि फाल्गुनन्द गाँउ पालिकामा १६ हजार ५ सय ७७, फिदिम नगरपालिका १ मा ३ हजार ६ सय ७६ र हिलिहाङ गाँउ पालिका ७ मा २ हजार ६ सय मतदाता रहेका छन ।
उप निर्वाचनका लागि तिनवटै स्थानका लागि निर्वाचन अधिकृत तोकिइरसकेका छन भने निर्वाचन अधिकृतको कार्यालय पनि स्थापना हुने क्रममा रहेको वताइएको छ ।
२०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसवाट फाल्गुनन्द गाँउ पालिका अध्यक्षमा निर्वाचित अध्यक्ष अम्बरकुमार नेम्वाङ र फिदिम नगरपालिका १ मा कांग्रेसवाटै निर्वाचित हर्कवहादुर मोक्तान र हिलिहाङ ७ मा तत्कालिन एमालेवाट निर्वाचित वडाध्यक्ष तिर्थ तिम्सिनाको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।
दलहरुले पनि निर्वाचनको तयारी तिब्र बनाएका छन । तीनवटै स्थानीय तहमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि (नेकपा) र प्रतिपक्षी नेपाली कांग्रेसविच प्रतिश्पर्धा हुने देखिएको छ ।
नेकपा र नेपाली कांग्रेस सहित समाजबादी पार्टि,संघीय लिम्वुवान मञ्च र राप्रपा सहितका दलले उम्मेद्वार टुंगो लगाँउदै, उप निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी मतदाता भेटघाटको अभियानलाई तिब्रता दिइरहेका छन ।

रेडियो मितेरी Live

error: Content is protected !!