फिचर

काबेली टु माझीटार डुंगा सरर

पाँचथर : पाँचथर र ताप्लेजुङलाई जोड्ने काबेली खोलादेखि लिम्बुनीपुल,पिनासी र नक्कले घाट हुँदै माझीटारसम्मको २५ किलोमिटर दुरीमा व्यवसायिक जलयात्रा शुरु भएको छ ।


पाँचथर स्थित तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले ¥याफ्टिङ सञ्चालन गर्न थालेको हो । गत वर्ष पाँचथरको पिनासीवाट माझीटारसम्म १२ किलोमिटर क्षेत्रमा जलयात्राका लागि अनुमति लिएर काम थालेको उक्त कम्पनीले यो वर्ष सेवा विस्तार गर्दै कावेलीदेखि माझीटारसम्मको जलयात्रा शुरु गराउन थालेको हो ।
जलयात्राका लागि नयाँ गन्तव्यका रुपमा लिइएको उक्त क्षेत्रमा आइतवार पहिलो १० जनाको टोलीले सफलता पुर्वक यात्रा पुरा गरेसँगै सोमवारदेखि व्यवसायिक रुपमा जलयात्रा शुरु गराइएको तमोर भ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिका सञ्चालक दिपेन्द्र तुम्बापोले जनाकारी दिनुभयो ।
¥याफ्टिङका लागि सदरमुकाम फिदिम स्थित तमोरभ्याली गेष्ट हाउसलाई मिट पोइण्ट मानिएको छ ।
आठ जनाको समूह बनाएर तमोर भ्याली गेष्ट हाउसदेखि हिलिहाङ गाँउ पालिका स्थित काबेली नदीसम्म लगेर ¥याफ्टिङ शुरुवात गराइन्छ ।
२५ किलोमिटर दुरीको ¥याफ्टिङका लागि टिकट बुकिङ गर्नेलाई विहानको खाना सहित दिँउसो र साँझ दुईपटक नाष्ताको व्यवस्था व्यवसायिक सस्थाले गर्नेछ ।
¥याफ्टिङका लागि प्रतिव्यक्ति ३ हजार ५ सय रुपैंया शुल्क तोकिएको छ ।
दुईवर्षअघि प्रकृया शुरु गरी पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयवाट स्विकृति लिएको तमोरभ्याली ट्राभल्स टुर एण्ड ट्रेकिङ प्रालिले २२ लाख रुपैंया लगानी गरी १६ फुट लम्वाइका २ वटा बोट खरिद गरेको छ ।
कावेलीवाट शुरु भएको जलयात्रा लिम्वुनीपुल,पिनासीघाट,नम्कलेघाट,सिटौला पुल, सिमालीघाट हुँदै माझीटार पुगेर टुंग्याइन थालिएको छ ।
जलयात्रीलाई वोटमै रहेर एकजना गाइडले मार्ग प्रश्थ गर्छन भने एकजना गाइडल अर्को छुट्टै वोटमा सयर गर्दै रेखदेख गर्छन । कारणश वोटवाट यात्री पानीमा खस्दा उद्धार गर्ने जिम्वेवारी पनि सानो वोटमा मार्ग प्रश्थ गर्ने गाइडवाट हुने वताइएको छ ।
२५ किलोमिटरको जलयात्रा गर्न साढे ३ घण्टा लाग्ने गरेको छ । नेपाल ¥याफ्टिङ एसोसिएसनका पूर्व अध्यक्ष गोपाल खरेलका अनुसार तमोर नदिमा ताप्लेजुङको दोभनदेखि सुनसारीको चतरासम्म सन् १९९७ सालमा सर्वे भएको थियो ।
तमोर नदीमा कहिले काँहि बिदेशी पर्यटकले जलयात्रा गर्दै आएपनि व्यवसायिक रुपमा सञ्चालनमा ल्याइएको भने यो पहिलो पटक हो ।
अहिलेलाई दुइवटा वोटबाट शुरु गरिएको जलयात्रा केहि समय पछि संख्या थप गर्ने तयारी भइरहेको पनि तुम्बापोले जानकारी दिए ।
यस क्षेत्रमा जलयात्रा शुरु भएपछि विराट नगर र धरान सहित तराईका विभिन्न क्षेत्रवाट ताप्लेजुङ स्थित विश्वको तेस्रो हिमाल रहेको कञ्चनजंघा बेश क्याम्प र पाथिभरा देवीको दर्शन गर्न आउने तिर्थयात्रीले स्थलमाग छोडेर जलमार्ग हुँदै सप्तकोशी सम्म पुगेर यात्रा छोट्याउन सक्ने पनि वताइएको छ ।

तस्बीरहरु सञ्जय आचार्य

रेडियो मितेरी Live

error: Content is protected !!