फिचर

गाईको विमा गर्दा थप गरेको एकसय रुपैंयाले दिलायो २ लाख रुपैंया

????????????????????????????????????

पाँचथर : भुक्तानी एनएलजी नन लाइफ इन्स्योरेन्स कम्पनी फिदिम उपशाखाले घरमा पालेको गाईको बिमा गरेपछि मृत्यु भएका पाँचथर फालेलुङ ५ का दलसम्सेर ग्याङमी मगरका आफन्तलाई विमा दाबी भुक्तानी गरेको छ ।
दलसम्सेरले एनएलजीका अभिकर्तामा मार्फत गतवर्षको मंसिर २९ गते अभिकर्ता लक्ष्मीप्रसाद वास्कोटालाई घरैमा बोलाएर घरमा पालेको गाईको पचास हजार रुपैंयाको विमा गरेका थिए ।
गाईको विमा गरेका मगरको गत चैत १८ गते दाउरा काट्न गएका बखत ढुंगाले लागेर उनको ज्यान गएको थियो । उनकी श्रीमती भीमकुमारीलाई आज फिदिममा एक कार्यक्रम गर्दै एनएलजी नन लाइफ इन्स्योरेन्सले दुई लाख रुपैंयाको चेक हस्तान्तरण गरेको हो ।
गाइको विमा गर्दा बिमांकमा एकसय रुपैंया थप गरेर गाइधनीको पनि दुर्घट्ना विमा गरिएकाले उनको निधन पछि विमा दावी भुक्तानी गरिएको कम्पनीका उपशाखा प्रमूख यादव गौतमले जानकारी दिनुभयो । ग्याङमीले ७ सय ४५ रुपैंया भुक्तानी एक माउ गाइको विमा गरेका थिए । विमा अवधि एकवर्षको रहेको वताइएको छ ।
यसैविच जिल्लाको हिलिहाङ गाँउ पालिका ७ का रामवहादुर एक्तेनलाई पनि गाइको मृत्यु पछि विमा दावी भुक्तानी गरिएको थियो । एक्तेनले ११ सय रुपैंया भुक्तानी गरी ५० हजार रुपैंयाको बिमा गराएको वताइएको छ । उनलाइ चाैवन्न हजार रुपै‌याकाे चेक हस्तान्तरण गरिएकाे थीयाे ।
प्रदेश नम्वर १ मा यसरी पशुको विमा गर्दा धनीको दुर्घटना भएपछि विमा दावी भुक्तानी गरिएको यो पहिलो पटक हो ।
पाँचथरमा हालसम्म ९ सय ९३ वटा पशुको विमा भएको छ । जसमध्ये २३ वटाको मृत्यु भएको र १८ वटाको दावी भुक्तानी भइसकेको वताइएको छ ।


रेडियो मितेरी Live

error: Content is protected !!