फिचर

पाँचथरको तुम्वेवावाट गर्भवती महिलाको हेलिकोप्टर मगाएर उद्धार

पाँचथर : प्रशव वेदनाले छट्पटाइरहेकी पाँचथरकी एक महिलाको हेलिकोप्टर मगाएर उद्धार गरिएको छ । आज सोमवार उद्धार गरिएकी महिला जिल्लाको तुम्वेवा ४ की २० वर्षीय रुपा लिम्वू छिन । केहिदिन अगावै महिना पुगेकी उनलाइ जिल्लाका विभिन्न राजमार्गमा गएको पहिरोका कारण अस्पताल लैजान सकिएको थिएन । यसैविच उनी सहित पेटको बच्चाको ज्यान जोखिममा पर्ने सम्भावना देखिएपछि गृह मन्त्रालयवाट हेलिकोप्टर मगाएर उनको उद्धार गरिएको पाँचथरका प्रमूख जिल्ला अधिकारी मुरारी वस्तीले जानकारी दिनुभयो ।
लिम्वूलाई कोशी अञ्चल अस्पताल विराटनगर पु¥याइएको छ । स्थानीय स्वास्थ सस्थामा सुत्केरी गराउन सक्ने अवस्था नरहेपछि गाँउ पालिका अध्यक्ष होमनाथ थापा सहित स्थानीय तह र प्रदेश सरकार अन्तरगतका जनप्रतिनिधिको पहलमा जिल्ला प्रशासन कार्यालयले हेलिकोप्टर मगाएको थियो ।
काठमाण्डौवाट आएको हेलिकोप्टरले मौवा स्थित इन्द्रायणी माविको खेल मैदानमा अवतरण गरी उनको उद्धार गरेको थियो । तुम्वेवा जिल्लाको दुर्गम स्थान हो जहाँवाट सदरमुकाम फिदिम र धरान जाने सडकका दर्जन भन्दा धेरै स्थानमा पहिरो र ढिस्काले अवरुद्ध वनाएको छ । पाँचथरवाट हेलिकोप्टर मगाएर गर्भवती महिलाको उद्धार गरिएको यो पहिलो घटना हो ।